- 16 May 2026
घर/जग्गा भाडा सम्बन्धी सिलबन्दी बोलपत्र आहवान : बिराटनगर महानगरपालिका वडा न. ९ रोडशेषमा रहेको
नेपाल वायुसेवा निगम
घर/जग्गा भाडा सम्बन्धी सिलबन्दी बोलपत्र आहवान
(प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०२/०२)
यस निगमको नाममा दर्ता श्रेस्ता कायम भएको मोरड जिल्ला बिराटनगर महानगरपालिका वडा न. ९ रोडशेषमा रहेको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको कुल क्षेत्रफल १६३३.३० बर्ग फिट रहेका भुई तला र उक्त तलामा रहेका द वटा पसल कबलहरु र प्रत्येक तलाको क्षेत्रफल २३१० बर्ग फिट रहेको पहिलो, दोस्रो, र तेस्रो तला २ बर्षको लागि भाडामा दिईने भएको हुँदा इच्छुक व्यक्ति, फर्म, वा संस्थाले निगमले तोकेको ढाँचामा सिलबन्दी दरभाऊपत्र दिनहुन यो सूचना आह्वान गरिएको छ। इच्छुक व्यक्ति, फर्म, वा संस्थाले यो सूचना प्रकाशन भएको मितिले १५ औ दिन भित्र निगमको क्षेत्रीय कार्यालयस्थित दर्ता चलानी शाखाबाट रु. १०००/- (अक्षेरुपी रु. एकहजार मात्र) तिरी निगमको क्षेत्रीय कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ र १६ औ दिन, दिनको १२.०० बजे भित्र निगमको दर्ता चलानी शाखामा बुझाउने गरी बोलपत्र आह्वान गरिन्छ र सोहि दिन, दिनको १३.०० बजे निगमको क्षेत्रीय कार्यालयमा आबेदनपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ। बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त दिनहरु कमश : त्यसको भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिनेछ। यो सूचना निगमको वेभसाइट www.nepalairlines.com.np का साथै यस सम्बन्धी विस्तृत जानकारीको लागि निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरमा सम्पर्क राख्न सकिनेछ।
नेपाल वायुसेवा निगम
पूर्वाञ्चल क्षेत्रीय कार्यालय
बिराटनगर, मोरड
फोन नं. ९८४१७६०३४३