Preloader

Press Release 2081-06-21 : नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2081-06-21 : नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने सम्बन्धमा

Press Release 2081-06-21 : नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने सम्बन्धमा


मिति २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको सर्वविदितै छ । सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको दिन अर्थात् मिति २०८१ असोज २४ गते (१० अक्टोवर, २०२४)  काठमाडौं–भैरहवा–काठमाडौं निगमको A320 जहाजबाट विशेष  उडान गर्ने जानकारी गराइन्छ । 
यस विषम परिस्थितिमा विशेष  उडानमा खटिन श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भए अनुसार निगमले विशेष  पहल गरी उडान संचालनको तयारी गरेको छ । 

उडानको तालिका निम्नानुसार रहेको छ :
मिति १० अक्टोवर, २०२४
उडान नं. आर.ए–१७३३ , काठमाडौं–भैरहवा को उडान समय ११:०० बजे र भाडादर रु.७,०००/-, निः शुल्क लगेज ३० के जी
उडान नं. आर.ए–१७४३ , भैरहवा–काठमाडौं को उडान समय १२:३० बजे र भाडादर रु.३,८९०/-, निः शुल्क लगेज ३० के जी

यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको छ ।

Download

Media Center