- 11 Nov 2025
Press Release 2082/07/25: कर्मचारी कटौती गरिएको सम्बन्धमा ।
कर्मचारी कटौती गरिएको सम्बन्धमा ।
निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरुमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गदै लाने नीति हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ (छ) जना कर्मचारीहरुको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मिति देखि नै लागु हुने गरी अन्त्य गरिएको जानकारी गराउँदछौँ । निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराउदछौँ
।
Download