Preloader

Press Release 2082/07/26: Twin Otter Release

Press Release 2082/07/26: Twin Otter Release

निगमको 9N-ABT(Twin Otter) जहाज रिलिज भएको सम्बन्धमा । निगमसँग देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको Twin Otter DHC-6 जहाज मध्ये September 2025 देखि इन्जिन मर्मत् तथा वार्षिकी जाँच (Annual Check) का लागि Grounded रहेको 9N-ABT जहाजको आवश्यक मर्मत् सम्झार (maintenance) भई मिति २०८२/०७/२४ गते Test Flight सफलतापूर्वक सम्पन्न भएको जानकारी समस्त यात्रुवर्गमा  गराउँदछौँ । Test Flight को सफलतासँगै निगमको दुईवटै जहाजमार्फत् मिति २०८२/०७/२५ देखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरिएको र यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको छ । यात्रुवर्गले निगमप्रति दर्शाउनु भएको अगाध स्नेहप्रति कृतज्ञता व्यक्त गर्दै निगमको सेवाबाट लाभ लिनुहुन समेत निगम हार्दिक अनुरोध गर्दछ ।  

Download

Media Center